प्यूठान । नौबहिनी गाउँपालिका–७ बास्कोटमा तिहारको अवसरमा खेलिएको देउसी–भैंलोबाट सङ्कलित रकम कुलघर निर्माण कार्यमा सहयोग गरिने भएको छ । २०८२ सालको तिहारमा खेलिएको देउसी–भैंलो कार्यक्रमबाट उठेको रकम कुलघर निर्माणका सहयोग गर्ने निर्णय भएको सरद सुवेदीले बताए । तिहारमा देउसी भैलो खेली रु १ लाख ५९ हजार ४१५ रकम सङ्कलन गरिएको थियो । संकलित रकम सुवेदी पुरीहरुको समावेशी बराह कुलघर निर्माण अभियानलाई सहयोग निर्णय भएको सुवेदीले बताए उक्त रकम बराह कुलघर निर्माणका लागि सहयोग स्वरूप प्रदान गर्न लागिएको देउसी–भैंलो आयोजन समिति अध्यक्ष हुमलाल सुबेदीले जानकारी दिनुभयो।
तिहारमा रमाइलो माहोलमा खेलिएको देउसी–भैंलोबाट उठेको रकम बास्कोटस्थित सुबेदी,पुरी समुदायको समावेशी कुलघर निर्माण अभियानमा खर्च गरिने भएको सरद सुबेदीले बताउनुभयो।
समितिका अनुसार, स्थानीयको सहभागिता र सहयोगमा आगामी वर्षहरूमा पनि यस्ता सामाजिक तथा धार्मिक उद्देश्यका कार्यक्रम निरन्तर सञ्चालन गरिने योजना छ।

