प्यूठान । हिंसाका कारण नेपालमा बिकास हुन नसकेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझीले बताएका छन् । शनिबार नेपाली कांग्रेस प्यूठानले आयोजना गरेको भातृ तथा सुभेच्छुक संगठनसगँको अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
नेपालमा राणा हिंसा,पञ्चाय लगायतका हिंसाका कारण नेपालमा सोचे अनुसारको बिकास नभएको उनको धारणा थियो । ‘हिंसामा कहिल्यै बिकास हुदैन त्यसका लागी शान्ति नै आबश्यक पर्छ’ उनले भने । पार्टीभित्र बिभिन्न बिचार समुहको गुटका कारण पार्टी बलियो नभएको भन्ने सहभागिको प्रश्नको जवाफ दिदै पार्टीमा अन्तर बिरोध हुनु स्वभाबिक भएको र जसका कारण पार्टीको आन्तरिक लोकतन्त्र बलियो हुने बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य प्रा।डा गोविन्दराज पोख्रेल,नेपाली कांग्रेस सह–महामन्त्री एवम् प्रदेश माननीय निमा गिरी,नेपाली कांग्रेस प्यूठानका बिष्णु गिरी,नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य अमर प्रसाद भण्डारी,उपसभापति ईश्वर सिंह बिष्ट,सचिब एन पि मगर, शिवराज रिजाल,सदस्य,मल्लरानी गाउँपालिका सभापति रमेश कुमार श्रेष्ठ, बिभिन्न भातृ तथा सुभेच्छुक संगठनका प्रतिनीधी लगायतको उपस्थिती रहेको थियो ।

