प्यूठान । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्यूठान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । करणी अभियोगमा गौमुखी गाउँपालिका ५ खुङ सुन्दरमेलाका २२ बर्षिय कुलमान थापा मगरलाई पक्राउ गरेको हो । मगरले १३ बर्षिया बालिकालाई बिहिबार जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्यूठान प्रहरीले पक्राउ गरेको प्रहरी निरिक्षक केशब केसीले बताए ।
घटना बारे थप अनुसन्धान भइरहेको प्यूठान प्रहरीले जनाएको छ ।

