दाङ । नेकपा एमाले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश गरेका नब प्रबेशीहरुसगँ लुम्बिनी प्रदेशका सहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा (राेज राणा)ले प्यूठानको बिकासका बारेमा छलफल गरेका छन् ।
जिल्लाको बिकासमा गर्न सक्ने पहल र आबश्यक योजनाका बारेमा बुधबार सहरी बिकास तथा खाानेपानी मन्त्रालयमा छलफल गरेका हुन् ।
मन्त्री थापाले नेपाली कांग्रेस भन्नू नै सामुहिक विकास र सामुहिक भावना भएको हुनुपर्ने सर्त भएकाले समग्र टाेल बस्तीको विकासका लागि एकीकृत याेजना लिएर आउन पनि आग्रह गरे । प्युठानकाे विकास गर्ने भनेको मैले हाे, त्यो गर्छु- उनले भने । प्यूठानको विकासमा सबै एकठाउँमा रहेमा मात्र जिल्ला बिकसित हुने धारणा राखे ।
केन्द्रीय सरकारसगँ समन्वय गर्न नसक्दा प्यूठान सोँचे जस्तो विकास हुन नसकेको मन्त्री थापाले बताए । ‘पहिला केन्द्रसगँ समन्वय भएन त्यसैले हामी पछि पर्यौँ’ उनले भने, ‘अहिले जिल्लाले प्रदेशमा मन्त्री पाएको छ, प्यूठानको विकासमा केन्द्रसगँ समन्वय तथा सहकार्य हुन्छ ।’
जिल्लाको विकासमा कायापलट गर्ने योजना आफुसगँ रहेको समेत मन्त्री थापाले बताए । मन्त्रीसगँको छलफलमा नव प्रबेशीहरुले अबको प्यूठान विकास गर्ने क्षमतामन्त्री थापासगँ मात्र भएको र जनताको अपेक्षालाई बेवास्ता नगर्न आग्रह गरे ।

