प्युठान । प्युठानमा सर्पले डस्दा एक जना महिलाको ज्यान गएको छ । नौबहिनी गाउँपालिका ५ डामृकी ४६ बर्षीया जलसरा के सीको सर्पले डस्दा ज्यान गएको हो ।
के.सी.लाई शौचालयमा सर्पले टोकेको हो । शौचालयमा मुसाको गुँड हटाउने क्रममा सर्पले डसेको पारिवारिक श्रोताले जनाएको छ ।
सर्पले डसेर घाइते भएकी केसीको शर्पदंश उपचार केन्द्र लामाचौरमा उपचारका लागि पुगाए लगत्तै के.सी.को मृत्यु भएको केन्द्रका प्रमुख हेमराज पौडेलले बताए । उनी मल्लरानी गाउँपालिका २ मा कृषि गर्दै आएकी थिइन ।

