काठमाडौं । सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन समितिले शनिबार (आज) प्रधामन्त्री केपी ओली शर्मासगँ छलफल गर्ने भएको छ ।
यस बिषयमा प्रधानमन्त्रीसगँ छलफल गरी सरकारको प्रतिबद्धता लिन आज साझँ ५ बजे छलफल गर्न लागिएको छानविन समितिको सभापति सूर्य थापाले बताए ।
आज प्रधानमन्त्रीसँग छलफल गरेर प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी रहेको उनको भनाइ छ ।

