प्यूठान । स्वास्थ्य मन्त्रालयले प्यूठानको झिमरुक गाउँपालिका भिडियो एक्सरे मेशिन सहितको करिब २० लाख रुपैया बरावरको स्वास्थ्य उपकरणहरु सहयोग गरेको छ । झिमरुकका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन यी सामाग्री उपलब्ध गराएको हो । मन्त्रालयले उपलब्ध गराएको स्वास्थ्य उपकरणहरु ओखरकोट स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्ने झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले बताए । ‘यी उपकरणले नागरिकलाई गुणस्तरीय सेवा दिन सहयोग पुग्नेछ’ जसका कारण नागरिकले उच्चस्तरीय स्वास्थ्य उपचार पालिकामै हुनेछ ।’ उनले भने ।

