रविन विश्वकर्मा,प्यूठान ।
सदरमुकाम खलंगामा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय प्युठानको आयोजनामा घरेलु तथा साना उद्योग कार्यालय,उद्योग बाणिज्य संघ प्युठान,जिल्ला स्थित अन्य कार्यालयहरुको समन्वयमा शक्रबार संयुक्त अनुगमन गरिएको हो । अनुगमनबाट १७ हजार रुपैयाँ बढिको सामान नष्ट गरिएको छ । ५ किराना पसलमा गरिएको अनुगमनबाट १७ हजार ४ सय ९० रुपैयाँ बराबरको म्याद गुज्रिएका अखाद्य बस्तु नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय प्युठानका प्रशासकीय अधिकृत तथा बजार अनुगमन संयोजक जालन्धर भुषालले जानकारी दिनुभयो ।
अनुगमनमा पेय पदार्थ,कुकुरे,चकलेट लगायका म्याद नाघेका सामान भेटिएको र सबै भन्दा बढि पेय पदार्थ नष्ट गरिएको उहाँले बताउनुभयो । अनुगमनको क्रममा केहि पसलमा मुल्य सुचि नराखिएको,सामानको ब्याज लेबल नभएको पाइएकाले अनिवार्य रुपमा सबै प्रकृया पूरा गरेर मात्रै पसलहरु संञ्चाल गर्न ब्यवसायिहरुलाई आग्रह गरेको प्रशासकीय अधिकृत भुषालले बताउनुभयो । अहिलेको अनुगमनमा ब्यवसायीलाई सबै प्रकृया पूरा गर्न सल्लाह,सुझाब दिएको र अर्काे पटकको अनुगमनमा यदि प्रकृया पूरा नगरेको पाईमा जरिवाना गरिने उहाँको भनाइ छ ।

