प्यूठान । नेपाल निजामती कर्मचारी युनियन प्यूठानको अध्यक्षमा सुर्य बहादुर पन्त सर्बसम्मत निर्बाचित भएका छन् ।
नेपाल निजामती कर्मचारी युनियन प्यूठानको नबौँ जिल्ला अधिवेशनबाट पन्त सर्बसम्मत निर्बाचित भएको निर्बाचन समितिले जनाएको छ ।

यस्तै उपाध्यक्ष पद अन्तरगत खुल्ला पदमा श्रीधर पोख्रेल, महिलामा जुक्ता पोख्रेल र समावेसीमा शेरसिंह थापा निर्बाचित भएका छन् भने सचिबमा हुमलाल न्यौपाने निर्बाचिच भएकाछन् । यस्तै सहसचिबमा हरि प्रसाद गौतम र कोषाध्यक्ष पदमा नारायण प्रसाद घिमिरे निर्बाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा मदन रिजाल,केशव गिरि,मनोज पोख्रेल,मन्जु धिताल,सरोज डागी,हुमलाल सुनार,बिजुला जि.सी,शान्ति कुमारी पुन,कृत बहादुर बिक,टंक बहादुर चौधरी चयन भएका छन् ।


