प्यूठान । ऐरावती गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।
ऐरावती गाउँपालिका ५ को खेलकुद मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा. डा. गोबिन्दराज पोख्रेलले उद्घाटन गरेका हुन् ।
प्रतियोगिताको उद्घटन कार्यक्रममा बोल्दै प्रा. डा. गोबिन्दराज पोख्रेलले पढाइ, अनुशासनसँगै खेलकुदबाट बिद्यार्थीलाई आग्रह गरे । उनले भने,’ ‘मुख्य कुरा पढाइ हो, साथमा खेलकुद आवश्यक छ । खेलकुदले अनुशासनको पालना गर्न सिकाउँछ । साथै मनोबैज्ञानिक हिसावले पनि मानिसलाई तन्दुरुस्त बनाउन खेलले टेवा दिन्छ ।’
प्रतियोगिता पौष १४ गतेसम्म चल्नेछ । प्रतियोगिता पौष १४ गतेसम्म चल्नेछ । प्रतियोगितामा बिभिन्न बिधाका खेलहरु समाबेश रहेका छन भने ऐरावती गाउँपालिकाका ७ वटा माध्यमिक बिद्यालयको प्रतिपस्पर्धा रहने छ ।

