प्यूठान । भारतको अस्वभाबिक अडानका कारण बाग्दुला भिमभिठे सडक निर्माणमा ढिलाई भइरहेको नेकपा एमाले पोलिट ब्यूरो सदस्या तथा प्रतिनीधी सभा सदस्य सूर्य बहादुर थापाले बताएका छन् । आइतबार प्रेस चौतारी नेपालले बिजुवारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
भारतीय एक्जिम बैंकको सहुलियत ऋणमा यो सडक निर्माण गर्ने भनिएको थियो तर ठेक्का लागेको कम्पनी भारतमा कालोसुचीमा परेपछि सडक निर्माणको काम नै सुरु नै भएको थिएन ।
६८ किलोमिटर लामो सडक निर्माणका लागी प्रयास भएपनि ठेक्का सम्झौता तोड्न ६ बर्षजति लागेको थापाको भनाई छ । ‘७५ प्रतिशत भारतीय सामाग्री प्रयोग गर्नुपर्ने अब्यबहारिक प्रस्ताब राखेका कारण सडक निर्माणको काम अगाडी बढ्न सकेको छैन’ उनले भने,‘अहिले सरकारले भारतलाई चिठ्ठी लेखेको छ तर जवाफ आएको छैन ।’
यो सडक अब नेपाल सरकार आफै निर्माण गर्नुपर्नेमा आफु रहेको बताएका छन् । प्रशंगमा बोल्दै आफु सांसद भएपछि जिल्लाको बिकासमा लागीरहेको बताएका छन् ।

