प्युठान । जिल्ला प्रशासन कार्यालय प्युठानमा सर्वदलीय बैठक सम्पन्न भएको छ । भर्खरै जिल्ला आउनु भएको प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुवेदी) द्वारा सर्वदलीय बैठक आह्वान भएको थियो ।
जिल्लाका सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले जिल्लाका समग्र विषय, आवश्यकता र चुनाैतीका बारेमा जानकारी गराएका थिए । जिल्लाको यातायात भाडादर पुनरावलोकन, झिमरुक नदिकाे समस्या, पारदर्शिता, कानुनको पालना, अनुगमन लगायतका विषयमा छलफल भएको थियो ।
प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुवेदी) ले दलहरुकाे साथ र सल्लाहमा जिल्लाको सुशासन, शान्ति सुरक्षा, बेथिति नियन्त्रणमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरेको बैठकमा सहभागी नेपाली कांग्रेस प्युठानका उपसभापति देवेन्द्र वर्माले वताए ।
बैठकमा जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसी, जिल्ला स्थित सबै राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुकाे उपस्थिति रहेको थियो ।

