पाल्पामा स्कार्पियो दुर्घटना भएको छ ।
बुटवलदेखी गुल्मी आउदै गरेको बा १६ च ४३७३ नम्बरको स्कार्पियो पाल्पाको जोर्तेमा दुर्घटना हुदा छ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारको लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ । ब्रेक फेल हुदा स्कार्पियो दुर्घटना भएको प्रहरी हवल्दार बलराम पाण्डेले बाए ।

