श्रीराम भण्डारी प्यूठान । नौबहिनी गाउँपालिका स्तरिय दोश्रो अध्यक्षकप प्रतियोगिताको पुरुष तर्फको उपाधी नौबहिनी गाउँपालिका वडा नं. ७ ले जितेको छ । जितेको हो । पौष ४ गतेदेखि ६ गते सञ्चालन भएको प्रतियोगितामा वडा नं. ७ ले यसले वडा नं. ५ लाई हराएर उपाधी जितेको हो । त्यस्तै दोस्रो वडा नं. ५ र तेस्रो वडा नं. ३ भएको छ ।
त्यस्तै महिलातर्फ प्रथम नौबहिनी–१ भएको छ । भने दोस्रो र तेस्रो क्रमश नौबहिनी–५, नौबहिनी–४ भएका छन् ।
पुरुष तर्फ उत्कृष्ट खेलाडी नौबहिनी–७ का हिमाल कुवर, वेस्ट स्पाइकर नौबहिनी–५ का अर्जुन पल, वेस्ट सेटर नौबहिनी–७ का गंगाराम कुवर, वेस्ट लिब्रो नौबहिनी–२ का रबिन घर्ती मगर भएका छन् भने महिला तर्फ उत्कृष्ट खेलाडी नौबहिनी–१ का सञ्जु घर्ती मगर, वेस्ट स्पाइकर नौबहिनी–५ की आयुष्मा बिष्ट, वेस्ट सेटर नौबहिनी–३ का मनिषा पुन मगर, वेस्ट लिब्रो नौबहिनी–५, की चमेली थापा मगर भएका छन ।
पुरुष तर्फ प्रथम,दोस्रो र तेस्रो हुने टिमले ६१ हजार १ सय ११ रुपैंया, द्धितिय पुरस्कार ४१ हजार १ सय ११ रुपैंया, तृतिय पुरस्कार २१ हजार १ सय ११ रुपैंया र सान्त्वना हुने टिमले ११ हजार १ सय ११ रुपैंया पुरस्कार सहित साथमा ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेछन् । यस्तै महिला भलिबल प्रतियोगितामा प्रथम हुने टिमले ३१ हजार १ सय ११ रुपैंया, द्धितिय पुरस्कार २१ हजार १ सय ११ रुपैंया, तृतिय पुरस्कार ११ हजार १ सय ११ रुपैंया र सान्त्वना हुने टिमलाई ७ हजार १ सय ११ रुपैंया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

