प्यूठान । गत साउन १६ गते परेको अभिरल बर्षाका कारण स्थानीय भुस्वाङ् र चुदारी खोलामा आएको बाढीका कारण प्यूठान नगरपालिका ९ र १० का बुढादेबी बजार र खरिबोट बजारमा क्षेति गरेको छ । प्यूठानको मल्लरानीदेखि अर्घाखाँची जोड्ने सडकका कारण ठुलो पानी पर्दा सडक तलका यी बस्तीमा क्षेती हुने गरेको छ । बाढीका कारण यस क्षेत्रका १२ घर पूर्ण तथा अन्य ८ घरमा आशिक क्षेति पुगेको छ भने एउटा नीजि बिद्यालयमा पनि क्षेती भएको छ । बाढीले घरमा क्षेत्र पु¥याउदा बिस्तापितहरु घरबार बिहिन भएका छन् ।
बाढिका कारण घरबार बिहिन भएकाहरु आफन्तकोमा आश्रय लिएका छन भने केहि भने जोखिम मोलेरै बसेका छन् । दुई खोलामा आएको बाढीले सयौं रोपनी क्षेत्रफलमा लगाइएको धन बालीमा समेत क्षेती गरेको छ । गत बर्ष पनि यी दुइै खोलामा आएको बाढीले यी बस्तीमा क्षेत्र गरेको थियो ।

