प्युठान । प्युठान नगरपालिकाका मेयर बिष्णु बहादुर योगीले एकल महिला, असक्त तथा बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन ।
बिजया दशमीको अबसरमा मेयर योगीले १० परिवारलाइ चामल, तेल, दाल सहयोग गरेका हुन । आर्थिक अवस्था कमजोर भएकै कारण दशैं जस्तो महत्वपूर्ण चाड खल्लो नहोस भन्ने उद्वेश्यले राहत सहयोग गरेको उनले बताए । उनले ३५ हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन ।

