प्युठान । प्युठानसहित देशैभरी भारी बर्षाको संभावना रहेको जल तथा मौषम विज्ञान बिभागले जनाएको छ । मौषम पूर्वानुमान महाशाखाद्वारा प्रकाशित सुचनामा प्यूठान जिल्लामा अत्याधिक बर्षा हुने उल्लेख छ । बिभागका अनुसार १० देखि १२ सम्म प्यूठान जिल्लासहित लुम्बिनीका ९ जिल्लामा अत्याधिक बर्षा हुने जनाएको छ ।
त्यस्तै कोशी प्रदेशका २ गण्डकीका ७,कर्णालीका ५ र सुदुरपश्चिमका ४ जिल्ला उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।

