प्यूठान । प्रथम ऐरावती खुल्ला ब्याडमिन्टन प्रतियोगिता कात्तिक १३ र १४ गते हुने भएको छ । ऐरावती ब्याडमिन्टन समुहको आयोजना तथा ऐरावती गाउँपालिकाको सहयोगमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार, ट्रफि,मेडल र प्रमाणपत्र पाउँनेछन । त्यस्तै दोस्रो हुनेले नगद १५ हजार, ट्रफि,मेडल र प्रमाणपत्र तथा तेस्रो हुनेले नगद १० हजार,ट्रफि,मेडल र प्रमाणपत्र रुपैया पाउँने आयोजकले जनाएको छ ।
ऐरावती गाउँपालिकाको कवड हलमा २ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघको नियम अनुसार खेल खेलाइने आयोजक ऐरावती ब्याडमिन्टन समुहले जानकारी दिएकोे छ ।


