प्युठान ।
ऐरावती गाउँपालिकामा भएको निःशुल्क आँखा शिविरमा २ सय ४१ जनाले सेवा लिएका छन् । नेपाल नेत्रज्योती संघ,प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवार प्यूठानको आयोजना तथा ऐरावती गाउँपालिकाको समन्वयमा शनिबार बरौला स्वास्थ्य चौकीमा सम्पन्न भएको आँखा शिविरमा १ सय ७ जना पुरुष र १३४ जना महिला गरी २ सय ४१ जनाले जनाले सेवा लिएको नेपाल नेत्रज्योती संघ,प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पतालका प्रमुख लक्ष्मी मल्ल ठकुरीले जानकारी दिनुभयो । आँखा चेक जाँच गराएका मध्यो १५ जनामा मोतिया बिन्दु भेटिएको उहाँले बताउनुभयो । मोतिया बिन्दु देखिएकाको चैत २९ गते आँखा अस्पताल बिजुवारमा शल्यक्रिया गरिने छ । शिविरबाट ७४ जनालाई चस्मा बितरण गरिएको छ ।

