प्यूठान । प्यूठानमा एकैदिन २ वटा शब फेला परेका छन । जिल्लाको स्वर्गद्वारी नगरपालिका ५ तल्लो सारीका ७५ बर्षिय जगन्नाथ अधिकारीको शब भिंग्री बजार नजिकै भेटिएको हो । उनी गत बुधबारदेखि हराएका थिए । अधिकारीले माडी नदि किनारामा चप्पल र लौरो छोडेका थिए । बुधबारदेखि हराएको अधिकारीको खोजी गर्दा भिंग्री बजार नजिकै खोलाले बगाएर ल्याएको अबस्थामा शब भेटिएको थियो ।
त्यस्तै नुहाउने क्रममा माडी नदिले बगाउँदा एक जनाको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका ३ का ६३ बर्षिय दामोदर खनालको शब बर्जिबाङमा भेटिएको छ । नुहाउन क्रममा उनलाई माडी नदिले बगाएको प्रहरीले बताएको छ ।

