प्यूठान । झिमरुक गाउँपालिकाले सडक क्षेत्र ओगटेर निर्माण गरिएका संरचना तथा सामाग्री हटाउने भएको छ । पालिकाले बुधबार एक सुचना जारी गर्दै त्यस्ता अनाधिकृत रुपमा निर्माण सामाग्री,ब्यापारिक सामाग्री झुण्डाउन तथा नराख्न आग्रह गरेको छ । सार्वजनिक स्थल तथा सडकमा जथाभाबी रुपमा सामाग्री राख्दा आवागमनमा बाधा पुगेको भन्दै आवागमन सहज बनाउन यो कदम चालिएको झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन कुमार शाहीले बताए ।
सडकमा जथाभाबी निर्माणका सामाग्री ढुङ्गा, छड, सिमेन्ट राख्ने गरिएको छ । ‘सडकमा जथाभाबी सामाग्री राख्दा यातायात तथा पैदल यात्रीलाई समस्या भएपछि समाधानका लागी यो कदम चालेका हौँ’ उनले भने,‘यस्ता सामाग्री हटाउन १० दिनको समय दिएका छौँ, कार्यान्वयन नगरे कारवाही हुन्छ ।’
गाउँपालिकाले तत्काल सडक छेउछाउमा राखिएका निर्माण सामाग्री तथा अनाधिकृत रुपमा पसलका सामाग्रीहरु राख्ने, झुण्डाउने लगायतका कार्य रोक्न भनेको छ ।

