प्यूठान । माण्डवी गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा मंगबारदेखि दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको हो ।
माण्डवी गाउँपालिकाका वडा नंम्बर ३ मार्सिबाङमा रहेको खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा ९रोज राणा०ले गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री थापाले सरकारले खेलकुदमा लगानी बढाउनुपर्ने बताए। पछिल्लो समय खेलकुदप्रति आकर्षण बढ्दै गएपनि खेलमैदान तथा प्रर्याप्त भौतिक संरचनाको अभावका कारण खेलमा सोचे जस्तो प्रगति हुन नसकेको बताउदै खेलकुद क्षेत्रको बिकासमा सबैले जोड दिनुपर्ने बताए । साथै जिल्लामा खेलकुदको विकास गर्न आफु लागि पर्ने थापाको भनाई छ ।
त्यस्तै कार्यक्रममा लुम्बीनी प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसीले मानव जिवनमा खुलकुद अति आवश्यक रहेको बताए । साथै खेलाडीहरुको आत्मबल बढाउदै तीनै तहका सरकारले खेल र खेलाडीको क्षमता अभिबृद्धि गर्न पहल गर्नुपर्ने बताए । प्रतियोगितामा माण्डवी गाउँपालिकाभित्रका आधारभुत तथा माध्यमिक विद्यालय गरी ११ वटा सहभागीता रहेको छ । पुष २४ गते बाट सुरु भएको खेलकुद प्रतियोगिता २६ गते सम्म संचालन हुनेछ ।

