प्यूठान । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरी प्यूठान आउने भएका छन् ।
पौष २४ गते अर्थात भोलि मंगलबार लुम्बिनी प्रदेशकी सांसद निमा गिरीको सांसदको कार्यालयले आयोजना गरेको कारागारमा पुस्तक अभियानको सुभारम्भ तथा पुस्तक हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्न मुख्यमन्त्री चौधरी प्यूठान आउन लागेको सांसद निमा गिरीले बताइन् ।

