राजेश जीसी,प्यूठान । मल्लरानीमा दोस्रोे खाना महोत्सब (फुड फेस्टिबल) सञ्चालन हुने भएको छ । प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार इलाकाले यस बर्ष पनि खाना महोत्सब सञ्चालन गर्ने भएको हो । मल्लरानीको पर्यटन प्रबद्र्धन तथा नेपाली मौलिक खानालाई प्रबद्र्धन गर्न यस बर्ष पनि खाना महोत्सबको आयोजना गर्ने निर्णय भएको प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार इलाकाका अध्यक्ष बासु प्रसाद श्रेष्ठले जानकारी दिए ।
‘खलंगाका साथै समग्र मल्लरानी गाउँपालिकाको पर्यटनमा टेवा पु¥याउनका लागी यो महोत्सबको आयोजना गरेका हौँ’ उनले भने,‘यो बर्ष चैत्र मसान्तदेखि सुरु गर्ने छौँ ।’ यो बर्ष कति दिनसम्म सञ्चालन गर्ने भन्ने अझै टुंगो नलागेको श्रेष्ठले बताए ।
महोत्सबमा मगर,गुरुङ,नेवानी लगायत बिभिन्नका मौलिक खानाका परिकारका स्टलहरु राखिने आयोजकले बताएको छ । महोत्सबमा बिशेषगरी नेवारी खानाका परिकार यमरी, छेंगो, योमरी,छोइला,कचिला,समायबजी लगायतका एक दर्जनभन्दा धेरै परिकार रहनेछ ।

