नेपाली कांग्रेस प्युठानले प्यूठान जिल्लाबाट निर्बाचित प्रतिनिधि सभा सदस्य सुर्य बहादुर थापालाई अलाेकतान्त्रिक व्यवहार नदेखाउन सुझाब दिएको छ ।
काङ्ग्रेस प्युठानका सभापति बिष्णुकुमार गिरी द्वारा यक बिज्ञप्ति जारी गर्दै अनपेक्षित जितको उन्मादमा फरक विचार राख्ने व्यक्ति र जनप्रतिनिधिलाइ पदिय मर्यादा विपरित अस्वभाविक चरित्र देखाउने, बहुपार्टी सिद्दान्तलाइ बेवास्था गरी निरन्तर असमावेसी स्वभाव देखाउने श्रृंखला जारी रहेको , सोही क्रममा २०८१ पुष ११ गते जिल्ला समन्वय समितिको जिल्ला सभामा उपस्थित सर्वदलिय तथा सर्वपक्षिय कार्यक्रममा थापाले भनाइ राख्दा समानुपातिक समावेसी सिद्दान्तको विरुद्ध “यि समानुपातिकहरुलाइ फुर्सदै फुर्सद छ, समानुपातिकलाइ न कसैले जनगुनासो गर्दछन्, न यिनिहरुमा कुनै जिम्मेवारी छ न कुनै चुनाव जितेको अनुभव छ जस्ता कुरा अभिव्यक्त गरी समावेसी समानुपातिक प्रणाली अर्थात पछाडी परेका बर्ग समुदाय माथी भएको गम्भिर आक्रमण र सविंधानको मर्मविपरित धारणा दिएको सर्वविदितै छ भनिएकाे छ । बिज्ञयप्तिमा केही समय पहिले जिल्ला समन्वय समिति प्यूठानको पूर्व निर्धारित कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोलाइएको समानुपातिक सांसद उपस्थित भएको कार्यक्रममै पुगि उक्त माइन्यूट च्यात्न लगाउने, नेपाली कांग्रेसका तर्फबाट प्यूठानबाट निर्बाचित भई मन्त्री भएका व्यक्तिलाइ इङ्गित गरि जनताको घर दैलोमा पुग्ने कुरालाइ जोकको रुपमा “क्याटवाक गर्दै हिडेर विकास हुन्छ” भन्दै आपत्ती जनाउने, प्रदेश सासंदहरुका पहलमा परेका विकास बजेटको विरोध गर्ने र २०८१ फागुन १ गते झिमरुक गाउँपालिका वडा नं. ५ मा भएको टेलिकम 2G/4G सेवा विस्तारमा सघींय सासंद सुर्य बहादुर थापा र लुम्बिनी प्रदेश सासंद निमा गिरीले सयुंक्त उद्घाटन गर्ने भनी लेखिएको व्यानर कार्यक्रम स्थलमा टास्न नदिने र उल्टो टेलिकमका कर्मचारीहरुलाइ थर्काउने, सरुवाको धम्की दिने जस्तो अलोकतान्त्रिक चरित्र देखाइ गैर अभिव्यक्ति (Hate Speech) दिने जस्तो कार्य तत्काल बन्द गरि प्यूठानी जनताको विकास सँग जोडिन र गलत अभिव्यक्ति नदिन नेपाली काग्रेस प्यूठान गम्भिर ध्यानाकर्षण गराएको छ।
बिज्ञप्तिमा मा. सुर्य बहादुर थापा ज्यू “प्यूठान जिल्लाका जनप्रतिनिधि गाउँ जाने वा आफ्ना मतदातालाइ भेट्ने र मतदाता सँग के बोल्ने हो भन्ने कुरामा तपाइ सँग अनुमति लिनुपर्ने हो ?” हाल सत्ता साझेदारीमा रहेका दुइ ठुला दलको गठबन्धनको गरिमालाइ विखण्डन गर्ने दुषित भनाइहरुलाई बन्द गर्न आग्रह गर्दछौ भनिएको छ। नेपाली काग्रेसले नेपाली जनतालाइ रैतिबाट नागरिक बनाउन १०४ बर्षे जहाँनिया राणा शासनको अन्त्यको लागि लडाइ लडेको, विभिन्न कालखण्डमा भएका परिवर्तनको नेतृत्व गरेको र जनताको अभिव्यक्ति स्वतन्त्रताको सङ्घघोस गर्ने पहिलो पार्टी कुनै अन्य दल सँग उहाँले भनेजस्तो जुम्ल्याह नरहेको कुरा इतिहास इमान्दारीताका साथ पढ्न र सोहि बमोजिम अभिव्यक्ति प्रकट गर्न आग्रह बिज्ञयप्ति मार्फत गरिएको छ ।

