प्यूठान । म्याद नाघेको पेय पदार्थ बजारमा पठाउन लागेको भन्ने सुचना पाएपछि इलाका प्रहरी बिजुवार तथा घरेलु तथा साना उद्योग बिकास कार्यालय प्यूठानको संयुक्त टोलील एक पसलमा छापा हानेको छ । प्यूठान नगरपालिका–८ बाग्दुला स्थित सृजना अडर एण्ड सप्लार्यसको गोदाममा छापा हानेको हो । सो पसलबाट २ लाख २० हजार ६४१ रुपैयाँको पेय प्रदार्थ बरामद गरेको घरेलु तथा साना उद्योग बिकास कार्यालय प्यूठानले समाचार स्पेशलाई जानकारी दियो ।
कार्यालयका अनुसार ईनर्जि ड्रिङ्क २५० मिलिलिटरका १२१ कार्टुन ,पेप्सि एक लिटरको ३३ कार्टुन, मेरिन्डा एकलिटरको २६ कार्टुन, मेरिन्डा आधालिटरको ५ कार्टुन, सोडा आधा लिटर, सेभेनअप ११ कार्टुन बरामत गरिएको छ । बजार पठाउनका लागी गाडीमा लोड गर्दै गर्दा केहि पेय पदार्थ पनि बरामदगरिएको छ ।

