नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले २०८० देखि ९० सम्मकाे दशकलाई बिकास र सम्बृद्धीको दशक बनाउनु पर्ने बताएका छन ।
नेपाली काङ्ग्रेस प्युठानले बालमन्दिरमा गरेकाे सभालाई सम्बाेधन गर्दै थापाले ६० देखि ७० काे दशक शान्ति र संविधान , ७० देखि ८० संविधान कार्यान्वयनमा बितेकाे बताउदै अबकाे दस बर्ष काङ्ग्रेसको नेतृत्वमा बिकास र सम्बृद्दिकाे दशक बनाउने बताएका छन । महामन्त्री थापाले आफूहरूसँग विकास र निर्माणको प्रष्ट खाका र शङ्कल्प भएको बताउँदै अहिलेको सरकारले तीन वर्षको समयमा विकास र समृद्धिको बाटो खोल्ने बताएकाछन ।
अबकाे समय नेपालकाे गरिबी बेराेजगार घटाउने शङ्कल्प र याेजनाका साथ अगाडी बढेकाे बताएका छन ।
देश निर्माणमा सकारात्मक साेचका साथ अगाडी बढ्न सबैलाइ आग्रह गरेका छन । थापाले काङ्ग्रेस आम नागरिककाे भराेषाकाे पाटि भएको बताउदै काङ्ग्रेस धेरै परिवर्तनकाे नेतृत्व गरिसकेकाे स्मरण गर्दै अबकाे बिकास र सम्बृद्दिकाे नेतृत्व पनि काङ्ग्रेसले गर्ने बताएका छन ।
प्रचण्डकाे चकचके प्रबृतिका कारण नेपालमा स्थायीत्वको लागि अहिलेकाे गठबन्धन बनेकाे बताउदै याे गठबन्धन काङ्ग्रेसको कारण केही तलमाथि नहुने बताएका छन ।
कार्यक्रममा थापाले सङ्घिएताकाे बिकल्प नभएको बताउदै यस्लाइ थप ब्यबस्थित र मजबुत बनाउनु सङ्घले अधिकार प्रदेशलाई अधिकारी सम्पन्न बनाउनु पर्ने बताएका छन ।
कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य राधा घले , उमेशजङ्ग रायमाझी , प्रा . डा. गाेबिन्दराज पाेख्रेल लगाएतका नेताले सम्बाेधन गरेका थिय ।
कार्यक्रम नेपाली काङ्ग्रेस प्युठानका सभापति बिष्णुकुमार गिरिकाे सभापतित्वमा भएको थियाे ।

