प्यूठान । लुम्बिनी प्रदेशका सहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापाले जिल्लाको बिकासमा परेको बजेटको सामाजिक सञ्जालमा नकरात्मक टिप्पणी गर्नु दुःखत भएको बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघ प्यूठानले जुम्रीमा गरेको पत्रकार भेटघाटमा मन्त्री थापाले यस्तो भएका हुन् । प्यूठान जिल्लाको बिकासमा पछिपरिरहेका बेला आफुले प्यूठानको बिकास गर्छुभन्दा त्यसलाई बङ्याएर सामाजिक सञ्जालमा स्टाटस गरेको प्रति दुःख ब्यक्त गरे ।
सामाजिक सञ्जालमा मन्त्रीले पौने २ अर्ब बजेट हाल्छु भनेका थिए तर गत बर्षभन्दापनि कम बजेट आयो भन्दै फेसबुकमा लेखिएको स्टाटस तथ्यहिन भएको बताएका हुन् । जनप्रतिनीधी तथा अन्य सार्वजनिक ब्यक्तिले गलत मनसायले सामाजिक सञ्जालमा नकरात्मक कुरा हाल्नु दखत भएको उनले बताए ।
मन्त्री थापाले प्यूठान जिल्लामा विकास बजेट विगतका वर्षमा भन्दा यसवर्ष बढी परेको दावी गरे । मन्त्री थापाले पछिल्लो समय सामाजिक सञ्जालमा कम बजेट प¥यो भनेर दुष्प्रचार जनप्रतिनीधिबाटै भएको उल्लेख गरे । ‘काठमाण्डौमा बसेर मन्त्रीले बजेट हालेन सामाजिक सञ्जालमा लेख्न भ्याउनु भएछ’ उनले भने,‘प्रदेशको बजेट प्यूठानमा कति आएको छ त्यो हेर्न म अनुरोध गर्दछु, बिरोधकै लागी अनर्गल प्रचार नगर्नुहोस ।’
लुम्बिनी प्रदेशले चालु आर्थिक बर्षमा सबै कार्यालय र स्थानीय तहका लागी १ अर्व ४८ करोड ९९ लाख १६ हजार बजेट विनियोजन भएको थियोे तर आगामी बर्षका लागी २ अर्व १४ करोड ९८ लाख २५ हजार बजेट विनियोजन भएको छ । यो रकम चालु वर्षको भन्दा ४४.२९ प्रतिशत बढी हो ।
यस पटक प्यूठानका सबै ६४ वटै वडामा प्रदेशको बजेटबाट कुनै न कुनै रुपमा पहिलो पटक सम्वोधन भएको छ । ‘हामीले विकास बजेटको प्रयत्न गरेका छौं, प्रत्येक समुदायको कर्तव्य र जिम्मेवारी हो बजेटको सहि सदुपयोगका लागि आन्तरिक अनुगमन गर्ने मन्त्री सरोज थापा (रोज राणा) ले भने । यदि कुनै योजना निर्माण समीस्या भए सोझै मलाई फोन गर्नुहोला म तत्काल समस्या समाधान गर्ने छुँ उनले भने ।
प्यूठानमा कुन मन्त्रालयबाट कति कति बजेट विनियोजन भयो ?

