काठमाण्डौ ।
अदालतले टिकापुर घटनामा दोषी ठहर गएका रेशम चौधरीलाई सरकारले कानुन बमोजिम आम माफी दिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन ।
आज ( मंगलबार) प्रतिनिधि सभाको बैठकमा सांसदहरूले साेधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले संविधानमा भएको व्यवस्था बमोजिम नै चौधरीलाई गणतन्त्र दिवसका दिन माफी दिइएको बताएका हुन्।
०७२ मा थरूहट प्रदर्शनकारीबाट डेढ वर्षे बालक र ८ जना सुरक्षाकर्मी मारिएका थिए। उक्त घटनामा सर्वोच्च अदालत, कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले चौधरीलाई दोषी ठहर गरेको थियो। तर, सरकारले गणतन्त्र दिवसका अवसरमा चौधरीलाई आम माफी दिएको थियो।

