आगोलागी जोखिम न्यूनीकरण तथा पुर्वतयारीका लागि कार्ययोजना कार्यान्वयन सम्बन्धि छलफल गौमुखी गाउँपालिकामा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय प्युठानको आयोजना,तथा डिभिजन वन कार्यालय प्युठानको सहकार्यमा आगालागी जोखिम न्यूनीकरण तथा पुर्वतयारीका लागि कार्ययोजना कार्यान्वयन सम्बन्धि कार्यक्रम गौमुखी गाउँपालिकामा आज सम्पन्न भएको हो ।
सुख्खा समयमा हुने आगलागिबाट धेरै धनजनको क्षति हुन सक्ने भन्दै जिल्लामा अहिले आगोलागिका घटना घट्न नदिन अभियान चलाएको प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुबेदिले बताइन । प्रजिअ सुबेदिले गतबर्ष जिल्लाका करिब १ सय ६८ स्थानमा आगलागि भएको बताउदै यस बर्ष यस्ता घटना हुन नदिन सचेतना फैलाउने तथा कानुनि ब्यबस्थाबारे सचेत बनाउने काम भइरहेको बताइन । आगलागिमा सम्लग्न लाई ६० हजार जरिमाना र ३ बर्ष कैद र बिगो भराउने प्राबधान रहेको छ ।
यस्तै गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले आगलागी न्यूनिकरणका लागि जिल्ला स्तरमा बनेको कार्ययोजनालाइ सबै वडा तहसम्म पुर्यायको बताउनु भयो । गाउँपालिका भित्रका सबै वडामा बिपद प्रतिकार्य योजना बनाएको बताउदै समिति गठन गरेरै काम गर्ने बताउनुभयो । अध्यक्ष गिरीले आगलागीका घटना रोक्नका लागि सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो । जनप्रतिनिधि, बन उपभोक्ता समिति लगाएत सबै समुदायले आगलागीका घटना हुन नदिन काम गर्नुपर्ने बताउनुभयो । गर्मियाम सुरू नहुदै आगलागि न्यूनिकरणका लागि कार्यक्रम हुदा प्रभावकारी भएको बताउदै गिरीले यस बर्ष प्यूठानमा आगलागिका घटनाहरूमा कमि आउने विश्वास ब्यक्त गर्नुभयो ।
डिभिजन वन कार्यालयका प्यूठानका प्रमुख डिभिजनल वन अधिकृत धनीश्वर न्यौपानेले आगलागी तथा डढेलो नियन्त्रणका लागि कार्यालयले आफू मातहतका कार्यालय तथा विभिन्न वन उपभोक्ता समुह तथा समुदायलाई परिचालन गरिने बताउनुभयो । आगलागी लगाउने घटना घटाउने ब्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउने बताउनुभयो । कार्यालयका प्रमुख न्यौपानेका अनुसार गतवर्ष जिल्लामा १६८ वटा आगलागीका घटना भएका थिए भने ९ जनालाई कानुनी कार्वाही भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक दिपेश बस्यालले आगलागि नियन्त्रण सम्बन्धी कार्यालयबाट जिल्लामा विगतमा भए काम, जोखिम तथा भावि योजना, आगलागि जोखिम न्यूनीकरण गर्न अपनाउनुपर्ने उपायको बारेमा जानकारी गराउदै सचेतनामुलक कार्यक्रममा जिल्लाका सबै स्थानिय तहमा गरिएको र आगलागि नियन्त्रणका लागि सुराकि समेत परिचालन गरिएको बताउनुभयो ।
गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमा आचार्य,जिल्ला प्रहरी कार्यालयका प्रमुख डि एस पि दिपेश बस्याल , राष्ट्रिय अनुसन्धान अधिकृत संन्जिव कुमार चौधरी डिभिजन वन कार्यालय प्युठानका प्रमुख धनीस्वर न्यौपाने लगायतको उपस्थित रहेको थियो ।

