दाेलखाकाे विगू गाउँपालिका वडा नं ४ सिंगटीकाे खाेलीखिम बजारमा पहिराेकाे जाेखिमभन्दै २२ घर खाली गराइएको छ । बजारभन्दा माथि लादुक जाने सडकमा रहेकाे ठूलाे ढुङ्गाे ३ मिटरजति सरेपछि क्षति पुर्याउने आशंकामा हिजाे रातीदेखि घर खाली गराइएको हो । उनीहरुलाइ सिंगटी बजारकै कालिञ्चाेक गाउँपालिका वडा नं ३ तिर सारिएकाे प्रमुख जिल्ला अधिकारी काेमलप्रसाद धमलाले जानकारी दिए ।

ढुङ्गा खस्ने त्रासमा सिंगटी खाेला पुल छेउ खाेलीखिम बजार भएर सवारी आवतजावत समेत प्रहरीले राेकेकाे छ ।अघिल्लो वर्ष पनि साेही ठाउँमा पहिराे जाँदा एक दर्जन घरमा क्षति भएकाे थियाे ।
अस्ति रातीकाे पहिराले विगू गाउँपालिका ४ ओलीटारमा ५ घर क्षति भएको छ ।


