प्यूठान । पछिल्लो २४ घण्टामा प्यूठानसहित देशभर भारी बर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तथ्याङ्क अनुसार प्यूठानमा ११६ दशमलब ६ मिलिमिटर बर्षा भएको छ ।
पछिल्लो २४ घण्टा झापाको केचनामा १८७.२, चन्द्रगढी विमानस्थलमा १८३.२, अनारमनीमा १५८.६ मिलिमिटर वर्षा भएको छ।
इलामको कन्काइमा १७४.८, मोरङको बाहुनीमा १४९, विराटनगर विमानस्थलमा १८९.२, सप्तरीको बरमझियामा १८२.४, उदयपुरको सुन्दरपुरमा १४६.८, सप्तरीको रुपनी बजारमा १४६.२ मिलिमिटर वर्षा भइरहेको छ।

