प्यूठान । लुप्लुङ्ग माध्यमिक बिद्यालयले सिकाइ उपलब्धी सुधारका लागि नियमित मासिक परीक्षा सञ्चालन गर्न थालेको छ ।
बिद्यालयले बालबालिकाको सिकाइ उपलब्धीमा सुधार ल्याउन र परिक्षालाइ मर्यादित बनाउने उद्धेश्यले प्रत्येक महिनाको अन्तमा परीक्षा लिने त्यसको रेकर्ड राखी उपलब्धीका बारे अभिभावकलाई जानकारी दिन थालेको प्रधानाध्यापक बसन्त प्रसाद भण्डारीले बताएका छन ।
साथै बालबालिकालाई पठनपाठनका क्रममा नियमित रुपमा कक्षामा रहदा झर्काे मान्छन भन्ने हिसाबले मध्यान्तरको समय कटाइ प्रत्येक २ घण्टीको बिचमा १० मिनेटको रिफ्रेसमेन्ट समय दिने गरिएको भण्डारीले बताएका छन । शिक्षकहरु अधिकतम समय कक्षाकोठामा बिताउने,बालमैत्री ढङ्गले पठनपाठन गर्ने गरिएको प्रधानाध्यापक भण्डारीले बताएका छन ।
बिद्यार्थीलाई भौतिक हिसाबले बालबालिका घरमा भन्दा पनि बिद्यालय बसौ बसौ बनाउने, बिद्यालयको सौन्र्दयकरण गर्ने, विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने, अभिभाबक शिक्षा कक्षाा सन्चालन गर्ने, नियमित रुपमा समुदायमा शिक्षा सम्बन्धी छलफल गर्ने जस्ता कार्यक्रम गर्न थालिएको बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष श्रीराम भण्डारीले बताएका छन ।
भण्डारीले बिद्यालयलाई नौबहिनी क्षत्रको नमुना बनाउने रणनीतिमा रहे पनि स्थानीय,प्रदेश सरकारबाट सम्बोधन हुने बजेट ब्यबस्थापन हुन नसकेकोप्रति दुःख ब्यक्त गरेका छन । सामान्य श्रोत साधनले भ्यायसम्म शिक्षामा परिवर्तन गर्ने आफ्नो मुख्य योजना रहेको बताएका छन ।

