रविन विश्वकर्मा,प्युठान ।
जिल्लाका कृषकहरुले स्थानीय उत्पादनलाई प्राथमिकता नदिदा उत्पादित कृषि बस्तुकाे बजारीकरणका लागि समस्या भएको बताएका छन्। प्रधानमन्त्री कृषि आधुनिककरण परियोजना,परियाेजना कार्यान्वयन ईकाई प्युठानले अाज प्युठान नगरपालिका ८ बाग्दुलामा अायाेजना गरेकाे कृषि बजारीकरणका लागि अन्तरक्रिया कार्यक्रममा बाेल्दै यस्तो बताएका हुन । ब्यापारीहरुले बाहिरी जिल्लाबाट अाउने तरकारी,फलफुल तथा अन्य उत्पादनहरुलाई विशेष प्राथमिकता दिने र जिल्लाकै उत्पादनलाई ब्यवास्ता गर्दा बिक्रीकाे लागि समस्या भएको कृषकहरुकाे गुनासो छ । जिल्लामा उत्पादित बस्तुकाे समर्थन मुल्य कायम नहुदा,बाहिरबाट अाउने बस्तुकाे मुल्यमा मध्यस्थकर्ता अाफैले निधारण गरेकाे मुल्यमा कृषि उपज बेच्न बाध्य भएको उनीहरूले बताएका छन् । कृषकले उत्पादन गरेका बस्तुकाे बजारीकरणकाे लागि स्थानीय सरकारले खासै चासाे नदिएकाे उनीहरुकाे भनाइ छ ।पालिकाहरुले संञ्चालन गरेका संकलन केन्द्र पाएक पर्ने स्थानमा नहुँदा प्रतिकेजी ५ देखि १० रुपैयाँ सम्म भाडा तिरेर बस्तु बिक्रीकाे लागि त्यहाँसम्म पुग्नुपर्ने बाध्यता रहेको भन्दै वडा स्तरमा संकलन केन्द्र स्थापना गर्न अाग्रह गरेका छन् । यसकाे लागि संघ,प्रदेश र स्थानीय तहहरुका साथै अन्य सम्बन्धि सराेकारवाला निकायहरुले पहल गर्नुपर्नेमा कृषकहरुले जाेड दिएका छन् ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसीले कृषि बजारीकरणकाे लागि बिशेष गरी स्थानियहसंगै अन्य निकाय सकृय हुनुपर्ने बताउनुभयो । ब्यवसायी र कृषकलाई एक अर्कासंग जाेड्दै बजारीकरण संगसंगै ब्यवसायीक कृषि अभिमुखिकरण र सचेतनामुलक कार्यक्रम संञ्चालन गर्नुपर्ने अावश्यकता रहेको बताउनुभयो ।

त्यस्तै विशेष अतिथि तथा प्युठान नगरपालिकाका प्रमुख बिष्णु बहादुर याेगिले सहकारी मार्फत समन्वय तथा सहकार्य गदै कृषि बजारीकरणकाे लागि पहल गरिरहेकाे बताउनुभयाे । नगरपालिकाले तरकारी तथा दुधमा अनुदानमा अाधारित कार्यक्रम संञ्चालन गरेकाे उल्लेख गर्दै जिल्लामा अझै पनि चामल, तरकारी,फलफुल,माछा,मासु,दूध,दही लगायतका बस्तुहरु अभाव रहेकाले जिल्लाकाे मागलाई धान्ने गरी बस्तु उत्पादनमा जाेड दिन कृषकलाई अाग्रह गर्नुभयो ।
नगर प्रमुख याेगिले प्राविधिक तथा नितिगत रुपमा समस्या हुदा कृषि बजारीकरण तथा उपभोगमा प्रत्यक्ष असर परेकाले कृषकका अावश्यकता तथा समस्याहरुकाे पहिचान गरि बजारीकरणकाे लागि अगाडि बढ्ने बताउनुभयो ।

त्यस्तै मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले कृषि बजारीकरणकाे लागि गाउँपालिकाले संकलन केन्द्र संञ्चालन गरी कृषि उपज बजारमा पुर्याएकाे बताउनुभयो । पालिकाभित्र भुगाेल,हावापानी,माटाे सुहाउदाे विभिन्न पकेट क्षेत्र निर्धारण गरी बस्तु उत्पादनमा जाेड दिएकाे बताउनुभयाे । अबकाे अार्थिक बर्षदेखि वडा स्तरमै संकलन केन्द्र स्थापना गर्ने उहाँले बताउनुभयो । साथै उत्पादन भएका बस्तु गाउँगाउँबाट बजार सम्म ल्याउन कृषकलाई ढुवानीकाे समस्या भएकाले अागामी अार्थिक बर्षबाट पालिकाबाटै ढुवानीकाे ब्यवस्था गरि बजारसम्म ल्याउने बाताबरणकाे सिर्जना गर्ने बताउनुभयो
अध्यक्ष खड्काले परियाेजनाले जिल्लाकाे कृषि बजारीकरण तथा कृषि क्षेत्रमा राम्रो काम गरेकाे उल्लेख गर्दै हरेक स्थानीय तहले पनि यसैगरी प्रवर्धन तथा पहल गरे बजारीकरणमा कुनै समस्या नअाउने बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना,परियोजना कार्यान्वयन ईकाई प्युठानका कार्यालय प्रमुख चुमानसिंह गिरीले कृषकले उत्पादन गरेका कृषि उपजकाे बजारीकरणकाे लागि करार सम्झौता तथा ब्यवसायीक ब्यक्तित्वहरुसंग समन्वय गरेर पहल गरिरहेकाे बताउनुभयो । कतिपय ठाउँहरुबाट कृषहरुलाई ढुवानीकाे समस्या भएकाले फर्म तथा घर अाँगनमै पुगेर कार्यालयकाे गाडि मार्फत बजारीकरणकाे ब्यवस्था मिलाउदै अाएकाे बताउनुभयो । बजारीकरणकाे लागि समस्या भएका कृषकहरुकाे विवरण संकलन गरी सहकारी,ब्यवसायीसंग समन्वय गर्दै बिक्रीवितरणमा सहयाेग गरिरहेकाे उहाँको भनाइ छ । रासायनिक बिषादि प्रयाेग गरिएका बाहिरी बिस्तुले सहजै बजार पाउने तर जिल्लाकै अर्गानिक उत्पादनले बजार नपाउनु विडम्बनाकाे बिषय भएकाले जिल्लाकाे पहिचाका लागि स्थानीय उत्पादनलाई
प्राथमिकता दिन ब्यवसायीहरुलाई अाग्रह गर्नुभयो ।
कार्यालय प्रमुख गिरीले बिउकाे बजारीकरणकाे लागि जिल्लामा कुनै समस्या नभएको बताउनुभयो । यस बर्ष जिल्लामा १० क्विन्टल राजमा सिमिकाे बिउ उत्पादन भएकाेमा बिभन्न कम्पनीहरुसंग समन्वय गरी ७ क्विन्टल धनगढी लगायत बाहिरी जिल्लामा निर्यात गरेकाे बताउनुभयो । त्यस्तै मुलाकाे बीउ करिब ३ क्विन्टल,अदुवा बेसार १ कराेड ३० लाख बराबरको निर्यात गरेकाे उहाँले जानकारी दिनुभयाे । गिरीले अहिले जिल्लामा ९ हजार क्विन्टल चामल बाहिरबाट अायात गर्नुपरेकाे बताउनुभयो ।
जिल्लामा बजारीकरणकाे समस्या हटाउन टाेल,वडा,पालिका तथा जिल्ला स्तरमा बजारीकरण संञ्जाल समिति निर्माण गरी दृढताका साथ लाग्ने कार्यालय प्रमुख गिरीले बताउनुभयो । स्थानीय तहहरुसंग समन्व गर्दै कृषकका अावश्यकता तथा समस्याहरुकाे पहिचान गर्दै अधिकतम फाईदा पुग्ने गरी,महशुस हुने गरी बजारीकरण तथा ब्यवसायिकीयात्रा बढाउन पहल गर्ने उहाँकाे भनाइ छ ।

कार्यक्रम मल्लरानी गाउँपालिकाका कृषि शाखा प्रमुख माेति अाचार्य,प्युठान नगरपालिकाका कृषि शाखा प्रमुख अजित पाैडेलले कृषकले उत्पादन गरेका बस्तुकाे बजारीकरणका लागि पालिकाले संञ्चालन गरेका कार्यक्रम तथा गतिविधिका बिषयमा जानकारी गराउनुभएकाे थियाे ।
त्यस्तै कार्यक्रममा जिल्ला सहकारी संंघ प्युठानका अध्यक्ष सुशील पाेख्रेल,कृषि सहकारी संघ प्युठानका अध्यक्ष दिन बहादुर जिसी,प्युठान उद्योग वाणिाज्य संघका महा सचिव सन्देश अाचार्य, नेपाल त्रकार महासंघ जिल्ला शाखा प्युठानका अध्यक्ष सञ्जय रिजाल,तरकारी तथा फलफूल ब्यवसायी संघका प्युठानका अध्यक्ष पदम बहादुर थापा,महासचिव टुकलाल न्याैपाने, तरकारी जाेन संञ्चालक समितिका संयाेजक रेखा बस्याल,मल्लरानी संकलन केन्द्रका संञ्चालक सान्ता नकर्मी लगायतले अाफ्नाे भनाइहरु राख्नुभएको थियोे ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना,परियोजना कार्यान्वयन ईकाई प्युठानका कार्यालय प्रमुख चुमानसिंह गिरीको अध्यक्षमा भएको कार्यक्रममा जिल्ला स्थिति सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, कृषि तथा पशुपालक कृषकहरुको सहभागीता रहेको थियो । परियोजनाका कृषि अधिकृत जयन्ती मल्लले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको संञ्चालन कार्यालयका नायव प्राविधिक सहायक विपिन खड्काले गर्नुभएको थियो ।

