रविन विश्वकर्मा,प्युठान ।
नमस्ते प्युठान यातायात सेवा प्रालिका अध्यक्ष लिलाप सिंह केसीले यात्रुकाे सहजताका लागि नयाँ प्रविधि सहितको बस सेवा संञ्चालन गर्न लागेको बताउनुभयाे । बिहिवार प्रालिले प्रधान कार्यालय बाग्दुलामा अायाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै अध्यक्ष केसीले यस्तो बताउनु भएको हाे । यात्रुहरुकाे ईच्छा चाहाना तथा अावश्यकतालाई मध्येनगर गर्दै यातायात क्षेत्रमा नविनतम सेवा उपलब्ध गर्ने उदेश्यका साथ जिल्लामा बुधबार नयाँ प्रविधि सहितको ३ वटा एसी सस्पेन्सर बस भित्र्याएकाे बताउनुभयो । भाेलि शुक्रबार एक कार्यक्रमका बिच बसकाे उद्घाटन गरि जिल्ला सदरमुकाम खलंगा देखि काठमाडौ सम्म रात्री बस सेवा संञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । अध्यक्ष केसीले जिल्लामा यातायात क्षेत्रमा देखिएकाे तथा बारम्बार उठिरहने गुणस्तरीय सेवा, यात्रु शिष्टाचार ब्यवहार लगायत अन्य पक्षलाई ध्यानमा राख्दै स्वच्छ प्रतिस्पर्धाका साथ अगाडि बढ्ने बताउनुभयो ।

प्रालिका महासचिव मुकेश थापाले नयाँ बस तथा सेवा सुविधाको बिषयमा जानकारी दिदै बसमा साेफा र सिल्पर सहित सहित ३७ सिट रहेको बताउनुभयो । उहाँका अनुसार बसमा ४ वटा सिल्पर सिट छन् । खलंगा देखि काठमाडौं सम्म साेफा सिटकाे भाडा १९५० , बाग्दुला,बिजुवार र चेरनेटा देखि १९०० र चकचके देखि १८०० सय भाडा कायम गरिएकाे बताउनुभयाे । त्यस्तै सिल्पर सिटकाे २ हजार भाडा रहेको बताउनुभयो । नेपाल सरकारले निर्धारण गरेकाे यातायात भाडादर निर्देशिका अनुसार केही कम गरे भाडादर कायम गरिएको महासचिव थापाले जानकारी दिनुभयो । बसमा महिला, जेष्ठ नागरिक, अापाङ्ग तथा अशक्त भएका ब्यक्तिहरुकाे लागि ८ सिट छुट्याइएको बताउनुभयो । क र ख बर्गका अापाङ्ग तथा अशक्त भएका ब्यक्ति, जेष्ठ नागरिकहरुलाइ भाडामा राज्यले गरेकाे ब्यवस्था अनुसार ५० प्रतिशत छुटकाे ब्यवस्था गरेकाे बताउनुभयो । छुटकाे लागि सम्बन्धि ब्यक्तिकाे परिचयपत्र अावश्यक पर्ने उहाँको भनाइ छ । बसमा सिसिटिभी,एसी,फ्रि वाइफाई,यात्रु बिरामी भए प्राथमिक उपचार सहित अाैषधिकाे बयवस्था,सेनिटरीप्याडकाे ब्यवस्था,शुद्व पिउने पानी ,सुझाब पेटिका सहितको अारामदायि सुविधा रहेको महा सचिव थापाले बताउनुभयो ।

कार्यक्रममा पत्रकारहरुले सहचालकहरुले यात्रुहरुबाट जथाभावी मन लाग्दी भाडा लिने गुनासाे अाएकाे भन्दै
बसमा अनिर्वाय भाडाकाे मूल्यदर राख्न,भाडादरमा एकरुपता कायम राख्न, खानाकाे बिषयमा पनि यात्रुकाे गुनासाे बढेकाले यात्रुलाई गुणस्तर तथा स्वस्थ्य खाना खुवाउन पहल गर्न, कुनै ठाउँमा सामान पठाउँदा सामानकाे चर्काे पैसा लिने गरिएकाले त्यसमा सुहाउँदो भाडा लिन र सवारीसाधनका चालक तथा सह चालकले यात्रुमाथि गर्ने व्यवहार र बाेली अभद्र भएकाे व्यापक गुनासाे बढि रहेकाले जिल्ला स्थिति सम्पुर्ण यातायात प्रालि तथा चालक, सहचालकहरुले शिष्ट ब्यवहारमा जाेडदिनुपर्ने बताएका थिए।
प्रालिका कार्यालय प्रमुख दिल बहादुर दशाैदिले नम्र,मिठाे सभ्य बाेली तथा ब्यवहारले मात्रै यात्रुकाे मन जित्न सकिने बताउनुभयो । यात्रु भगवान सरह भएकाले यात्रुसंग सरल ब्यवहार गर्न चालक तथा सहचालकहरुलाई प्रालि मार्फत अभिमुखिकरण सहित प्रशिक्षण गर्ने काम भैइरहेकाे बताउनुभयो ।
उठेका प्रश्न तथा जिज्ञासाहरुकाे जवाफ दिदै अध्यक्ष लिलाप सिंह केसीले प्रालि मार्फत संञ्चालन भएका कुनैपनि सवारीसाधनले नेपाल सरकारले निर्धारण गरेकाे भाडादर बाहेक १ रुपैयाँ पनि बढि नलिने बताउनुभयो । यदि कसैले बढि भाडा लिएको अथवा मागेकाे खण्डमा यात्रुलाई जानकारी गराउ अाग्रह गर्दै उनीहरुलाई कारवाही गर्ने बताउनुभयो । केसीले खानाकाे बिषयमा यात्रुहरुकाे धेरै जनगुनासाे अाईरहेकाले राम्रो गुणस्तर तथा स्वस्थ्य खानाकाे केही हाेटल ब्यवसायीहरुसंग समन्वय गरेकाे बताउनुभयो । साथै सेवा प्रवाहमा भएका कमिकमजाेरीहरुलाई सुधार गर्दै अागामी दिनहरुमा जिल्लाकाे यातायात क्षेत्रकाे विकासका निमित्त निरन्तर अगाडि बढ्ने प्रतिवद्वता जनाउनुभयाे ।


