प्युठान । प्युठानमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन । जिल्लाको बाग्दुलादेखी फोप्लीतर्फ जादै गरेको ना ४ ख १३०९ नम्बरको बस खोलीगाउँमा दुर्घटना भएको हो । निमतारा पोलिक्लिनिक बिजुवार उपचार भैरहेको छ । उनीहरुको अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
सडक चिप्लो भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटना बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


