प्युठान । नेपाली कांग्रेस मल्लरानी गाउँपालिकाकाे दाेश्राे सम्मेलन लुम्बिनी प्रदेशका शहरी तथा खानेपानी मन्त्री सराेज थापा (राेज राणा) ले उद्घाटन गरेका छन् ।
मन्त्री राणाले उद्घाटन मन्तव्य राख्दै प्रत्येक प्युठानीकाे सुख दुखमा सधैं साथमा रहने प्रतिवद्धता व्यक्त गरे । म अरु जस्तो मन्त्रीको कुर्सीमा बस्न मात्र नआएको वताउँदै ३१ वर्ष पछि कांग्रेसको तर्फबाट प्युठानबाट निर्वाचित भएपछि निर्वाचनको क्रममा घरदैलोमा पुग्दा गरेका बाचा र सुनेका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्युठान विकासमा पछाडि परेको गुनासो कार्यकर्ताको रहेको भन्दै यसैपटक बजेट बनाँउदा प्युठान यसरी पनि बजेट पर्दाे रहेछ र यसरी पनि विकास हुँदाे रहेछ भन्ने देखाउने बताए । “यहि पालि, यसै पालि विकासको स्वाद प्युठानीले चाख्ने” उनले प्रतिवद्धता मन्त्री राणाले व्यक्त गरे । एक कराेड, दुई कराेड हैन अर्वकाे बजेट र विकास प्युठानमा अब गर्ने उनलेे दावी गरे ।
नेपाली कांग्रेसले इतिहासमै पहिलोपटक पार्टीको नेतृत्व गर्दै लुम्बिनी प्रदेशको हामी कार्यकर्ताका लागि आवश्यक शहरी विकास तथा खानेपानी मन्त्री राेज राणा पाएकाे वताउँदै वक्ताहरूले तर पनि कांग्रेसका नेतृत्वकर्ताहरु आसनग्रहण, मान मर्यादा खाेज्दै कार्यकर्ताबाट टाढा भाग्दै गरेको बताएका थिए ।

नेपाली कांग्रेसका पुर्व सभापति सुवास केसी, उपसभापति देवेन्द्र वर्मा, प्रदेश सांसद धनलक्ष्मी श्रेष्ठ, प्रदेश सदस्य साधना राउत, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरु लक्ष्मी श्रेष्ठ, खिमानसिंह रायमाझी, पुर्ण प्रसाद कालाथाेकी, धरम जिसी, जिल्ला कार्य समित सदस्य विजय श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा विषय प्रस्तुत पार्टी जिल्ला सहसचिव तथा मल्लरानी पालिका संयाेजक प्रमाेद पाेखरेलले गरेका थिए । उनले रुख चुनाव चिन्ह लिएर उठेका नेताहरूलाई हराउन विद्रोही हुन लगाउने देखि रुखमा मत नहाल्न फाेन तथा भेटघाटमा व्यस्त रहने नेताहरूलाई सद्वुद्धि पलाओस भन्ने कामना गरेका थिए ।

जिल्ला समन्वय समितिको सभाहल खलंगामा पालिका सभापति रमेश कुमार श्रेष्ठको अध्यक्षता आयाेजित कार्यक्रममा पालिकाका सबै वडाका सभापतिहरुले आ-आफ्नो वडाको यो अवधिकाे गतिविधिहरु, आगामी याेजनाहरु तथा आवश्यकता तथा समस्याहरु प्रस्तुत गरेका थिए ।

