प्यूठान । नौहिनी गाउँपालिकाको आयोजनामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । नौबहिनी गाउँपालिकाको खेलमैदान बहानेमा प्रतियोगिताको सञ्चालन भएको हो ।
रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापाले गरेका हुन् । प्रतियोगितालाई सम्बोधन गर्दै थापाले शैक्षिक गुणस्तरमा वृद्धि गर्न विद्यार्थीहरुलाई स्तरीय भर्चुअल कक्षाको आबश्यकता रहेको बताएका छन् त्यसका लागी आफुले पहल कदमी चाल्ने बताएका छन् । यसका निम्ति शिक्षक र विद्यार्थीको प्रमुख चासोका विषय रहेको उनको भनाई छ । यो सङ्गै नौबहिनी गाउँपालिकाले खेलमैदान र खेल क्षेत्रलाई प्राथमिकतामा राखी उत्कृष्ट खेलाडीहरु छनोट गर्न अग्रसर रहेकोे उनको धारणा छ ।
नौबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले अध्यक्ष गरेको कार्यक्रमको विभिन्न विद्याका प्रतियोगितामा छात्र तथा छात्रा भलिबल, कबड्डी, दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटपट थ्रो, ज्याब्लिङ थ्रो लगायतका खेलहरुको आयोजना गरिएको छ ।
रनिङ शिल्ड प्रतियोगितामा नौबहिनीका ११ वटा माध्यमिक विद्यालयबाट विभिन्न विद्याका खेलहरुमा करिब ३ सय जना विद्यार्थीहरु सहभागी छन् । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई पालिका स्तरीय खेलहरुमा भाग लिनेछन् ।

