प्यूठान । माडी नदिमा हाम फाल्दा एक पुरुषको मृत्युु भएको छ । मृत्यु हुनेमा स्वर्गद्वारी नगरपालिका ९ का ६४ बर्षिय गोकर्ण खत्री रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
खत्रीले बुधबार दिउँसो १:३० बजे लामाचौर भन्ने स्थानबाट माडीमा हाम फालेका थिए । उनको शबलाइ पोस्टमार्टमका लागि भिंग्री प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको प्रहरीले जनाएको छ ।

