प्यूठान । ८ बर्षदेखि अलपत्र परेको दम्ती सव– स्टेशन सञ्चालनमा आएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी संघीय सांसद सूर्य बहादुर थापाले दम्ती सव– स्टेशन उद्घाटन हुन् ।
यो दम्ती सव– स्टेशन सञ्चालनमा आएपछि जिल्लाले भोग्दै आएको बिद्युत अनियमितताको समय हल भएको नेपाल बिद्युत प्राधिकरण प्यूठान बितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दासले बताए ।

दम्ती सव– स्टेशन सञ्चालनमा ल्याउन निकै कठिन काम भएपनि जिल्लाका सबैले सहयोग गरेका कारण छोटो समयमै सम्पन्न गर्न सकिएको प्रमुख दासको भनाई छ । दम्ती सव– स्टेशनमा ३३ के भी. लाईन ल्याइ त्यसलाई ११ के.भी.मा रुपान्तरण गरेर बितरण गरेको छ । दम्ती सव– स्टेशनबाट ३ वटा फिडर मार्फत बिद्युत बितरण गरेको छ ।


