प्यूठान । लायन्स क्लब अफ ईन्टरनेशनलले प्यूठान अस्पताललाई १ करोड ३० लाख रुपैयाभन्दा धेरैको चेक हस्तान्तरण गरेको छ । शनिबर एक कार्यक्रमको आयोजना गरी डायलासिस परियोजनाका लागी १ करोड ३० लाख २७ हजार ५४७ रुपैयाको चेक प्यूठान अस्पताललाई हस्तान्तरण गरेको हो । लायन्सले जिल्ला समन्वय समितिका प्रमुख धरम जीसी, प्यूठान अस्पताल बिकास समितिका अध्यक्ष विजयबिराज बिष्टलाई सयुक्त रुपमा चेक हस्तान्तरण गरिएको हो ।

लायन्स क्लब अफ अन्तर्राष्ट्रि ईन्टरनेशनलले नेपालमा सञ्चालित विभिन्न परियोजनालाई सहयोग गर्ने क्रममा प्यूठान जिल्ला अस्पताललाई डायलासिस सेन्टर स्थापनाका लागि उक्त रकम सहयोग गरेको हो । प्यूठान अस्पतालमा डायलासिस सेन्टर नहु्दाँ मिर्गौला पिडितले सास्ती ब्यहोर्दै आएका छन् । जिल्ला अस्पतालमा डायलासिसको सेवा नहुदाँ मिर्गौलाका बिरामीले बुटवल,काठमाण्डौ लगायतका स्थानमा पुग्नुपर्ने बाध्यता छ । डायलासिस गर्न मासिक ३० हजार रुपैयासम्म खर्च लाग्ने गरेको बिरामीहरु बताउँछन् ।
प्यूठान अस्पतालमा यो सेवाको सुरुवात भएमा करिब ५० जनालाई सेवा दिन सक्ने प्यूठान अस्पताल बिकास समितिका अध्यक्ष विजयबिराज बिष्टले बताए । भोलीदेखि नै सेन्टर सञ्चालनका लागी छलफलमा जुट्ने अध्यक्ष बिष्टले बताए ।

