प्यूठान । आजभोली जन्मदिन भन्ने बित्तिकै केक काटेर, तामझामका साथ खर्च गरेर मनाउने क्रम बढिरहेको छ । पछिल्लो समय होटल पार्टी प्यालेसहरुमा धेरै रकम खर्चेर जन्म दिन मनाउने प्रचलन बढ्दै गएको छ । तर समाजमा केही त्यस्ता उदाहरणीय पात्रहरु पनि छन् । जसले जन्म दिनको फजुल खर्च कटाएर समाजिक कार्यमा लगानी गरेका छन् । लायन्स क्लब अफ प्युठान फुलबारीका उपाध्यक्ष छन्द बस्नेतले आफनो जन्म दिन सुस्त श्रवण बिद्यार्थीसंग मनाएका छन् । बस्नेतले उनीहरुलाई शैक्षिक सामाग्री वितरण गरेर जन्म दिन मनाएका हुन्। जन्मदिनको अवसर पारेर प्यूठान नगरपालिका १ स्थित भुवनेश्वरी मावि खैरामा अध्ययनरत रहेका १७ जना सुस्त श्रवण बिद्यार्थीलाई आज कापी, कलम वितरण गरेका हुन ।
आफ्नो ब्यक्तिगत फजुल खर्च कटाए सुस्त श्रवण भएका बिद्यार्थीको पढाइमा केहि सहयोग पु¥याउने सामाजिक सेवा भावले शैक्षिक सामग्री वितरण गरेको बस्नेतले बताए । अनावश्यक खर्च गरेर जन्मदिन मनाउनु भन्दा सामाजिक सेवा गर्नु उचित लागेर वितरण गरेको उनको भनाइ छ ।
सामाग्रीले बिद्याथीको पढाईमा सहयोग पुग्ने बिद्यालयका प्रध्यानाध्यापक मुक्ति प्रसाद पोख्रेलले बताए । जन्म दिनको अवसरमा बिद्यालयमा अध्ययनरत रहेका सुस्त श्रवण बिद्यार्थीलाई लक्षित गरी शैक्षिक सामग्री वितरण गरेकोमा उहाँले बस्नेतलाई धन्यवाद दिए ।
लायन्स क्लब अफ प्युठान फुलबारीका अध्यक्ष निर्मला पोख्रेलको अध्यक्षतामा भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा लायन्स क्लब अफ प्युठानका संस्थापक अध्यक्ष तथा लायन्स हनरी एड्भाइजर अर्जुन कुमार कक्षपती, लायन्स क्लब अफ प्युठानका पुर्व अध्यक्ष तथा लायन्स क्लब २ नंम्बर एरिया चिफ झबिन्द्र शर्मा लगायतको उपस्थिति रहेको थियो ।

