दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाउनु भएको छ । प्रदेश सभाको मंगलबारको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउनु भएको हाे। उहाँले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ७० सांसदले मत दिनु भएको छ ।
उहाँलाई नेकपा (एमाले) का २९, नेपाली कांग्रेसका २७, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टीका ३, जनता समाजवादी पार्टी (जसपा) २, जनता समाजवादी पार्टी नेपालका १, र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ३ जनमत पार्टी ३ एक जना स्वतन्त्र सांसदले मत दिनु भएको छ ।
त्यस्तै, उहाँको विश्वासको मतको विपक्षमा ११ मत परेकाे छ । नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय जनमोर्चाका १ र नेकपा एकीकृत समाजबादी १ ले विपक्षमा मत हाल्नु भयाे । राष्ट्रिय प्रजातन्त्र पार्टी ३ जना सांसद तथस्त बस्नु भएको छ । राप्रपाका एक जना सांसद जानकीप्रसाद यादव मंगलबारको बैठकमा उपस्थित हुनु भएन । आचार्य एमाले र कांग्रेसको समर्थनमा गएको साउन ७ गते मुख्यमन्त्री नियुक्त हुनु भएको थियाे ।
केन्द्रमा नयाँ गठबन्धन बनेपछि नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले मुख्यमन्त्रीबाट राजीनामा दिनु भएको थियाे । ८७ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४४ मत आवश्यक पर्छ । राप्रपाका जानकीप्रसाद यादव मंगलबारको बैठकमा उपस्थित हुनु भएको थियाे ।

