बाग्लुङ । बाग्लुङमा भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा एक जनाको ज्यान गएको छ । करेन्ट लागेर निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको आज शुक्रवार ज्यान गएको हो ।
गाउँबाट ढुवाखोर बजारतर्फ जाने क्रममा निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको भुइँमा लत्रिएको तार कुल्चिँदा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्ष मदन केसीले जानकारी दिए। उनको घटनास्थलमै ज्यान गएको हो ।
अहिले इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली घटनास्थलमा पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विद्युत् आयोजनाको लापर्बाहीका कारण नेपालीको ज्यान गएको स्थानीयको आरोप छ ।

