५ भदौ , नवलपुर ।
नवलपुरमा यात्रुबहाक बस दुर्घटना हुदा २९ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तरगत जिल्लाको विनयीत्रीवेणी गाउँपालिका स्थित घ्यु खोलामा बस दुर्घटना हुँदा २९ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार धनगढीबाट काठमाण्डौंका लागि छुटेको सु.प.प्र. ०१ –००१ख २९८६ नम्बरको बस ब्रेक फेल भएर सडक छेउमा पल्टिएको हो । खोलामा आज बिहान तीन बजे उक्त बस दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरुको मध्यविन्दु जिल्ला अस्पताल र दुम्किबास स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था खतरा मुक्त रहेको बताइएको छ । बसमा ३५ जना यात्रु सवार रहेका थिए ।

