प्यूठान
आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । प्यूठानका बिभिन्न वनमा आगलागी गरेको आरोपमा उननीहरुलाई पक्राउ गरेको हो । डिभिजन वन कार्यालय प्यूठानका अनुसार आगलागीमा संलग्न ३ जनालाई पक्राउ गरि जिल्ला अदालत प्यूठानमा मुद्धा दर्ता गरिएको छ । १ जनालाई अनुसन्धानको लागि हिरासतमा पठाईएको छ ।
बन कार्यालय प्यूठानका सहायक बन अधिकृत हरी पौडेलका अनुसार सरुमारानी ४ बाट १ जना, प्यूठान नगरपालिका ४ बाट १ जना र ऐरावती ५ बाट १ जनालाई पक्राउ गरि मुद्धा दर्ता गरीएको छ। यस्तै प्यूठान नगरपालिका १० बाट १ जनालाई पक्राउगरि अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ।
कार्यालयका अनुसार पछिल्ली केहिदिनमै जिल्लाभर १० हजार हेक्टर वन क्षेत्रमा आगलागी भएको छ। बन कार्यालयको अनुसार ७९ सामुदायिक बनमा आगलागी भएको हो । एउटा सामुदायिक बनले आगलागी गरेको भन्दै १ जना स्थानीयलाई ६५ हजार जरिबाना समेत गराएको छ । वन कार्यालयले आगलागीको सुराकी दिने व्यक्तिको नाम गोप्य राखी उचित पुरस्कारको समेत व्यवस्था गरेको जनाएको छ ।
आगलागी हुन नदिनको लागि विभिन्न स्थानमा सुराकी परिचालन, प्रचार प्रसार, पालिकास्तरमा आगलागी सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्दै आएको अधिकृत पौडेलले बताए । चैत्र यता बैशाख १६ गतेसम्म जिल्ला भरमा जम्मा ९५ वटा आगलागीका घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । आगलागीबाट ९५ घर, ५० गोठ जलेका छन् । यसबाट ७९ पाशुचौपायाँको जलेर मृत्यु भएको छ। भने, १ सय ११ घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डिएसपी ईश्वर थापाले जानकारी दिए ।

