समाचार स्पेश,प्युठान । लुम्बिनी प्रदेश सहरी बिकास तथा खानेपानि मन्त्री सराेज थापाले बालबालिकाकाे मनाेभावना बुझेर व्यवहार गर्न सुझाब दिएका छन ।
मन्त्री थापाले बालबालिकाहरु पढाइ मात्र नभइ खेल , गित सङ्गीत वा अन्य कुन बिधामामा रुचि राख्छ साेेहि अनुकुलकाे बाताबरणमा लाग्न शिक्षक अभिभावक लाई शुझाब दिएका छन । थापाले स्वर्गद्वारी नगरपालिकाले आयाेजना गरेकाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उद् घाटन कार्यक्रममा बाेल्दै अहिले खेलाडीहरुले खेल जगतबाट राम्रो मान प्रतिष्ठा आर्जन गरेकाे बताए उनले आफु पनि खेल प्रति रुचिरहेकाे स्मरण गराउदै जित हारकाे रुपमा नलिई अनुशान र मर्यादाकाे बिषय सम्झन बिधार्थि सङ्ग आग्रह गरेका छन । खेलक्षत्रकाे बिकासका लागि आफु प्रतिबद्ध रहेकाे मन्त्री थापाले बताएका छन ।
यसैबिच संविधान सभा सदस्य नारायण प्रसाद अधिकारिले खेल स्वास्थ्य , अनुसासन र राष्ट्रका लागि खेल्नु पर्ने बताएका छन माण्डबी गाउपालिकाकाे मार्सिवाङ खेल मैदानमा भएको बिधालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताकाे उद्घाटन गर्दै अधिकारिले खेल र खेलाडि राष्ट्रका सम्पति भएको बताएका छन ।

