दाङ,२० भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तुलसीपुरमा रहेका सरकारी संरचनाको अनुगमन तथा निरिक्षण गर्नु भएको छ । मुख्यमन्त्री चौधरीले बुधवार सामाजिक विकास डिभिजन कार्यालय स्थानान्तरण गरेको क्षेत्र शिक्षा तालिम केन्दको पूर्वाधार, यातायात व्यवस्था कार्यालय दाङको कार्यालय सार्ने निर्णय भएको गाइडरको सरकारी पूर्वाधार लगायत अन्य सरकारी संरचनाको निरीक्षण गर्नुभएको छ ।
डिभिजनको साविकको कार्यालय यातायात व्यवस्था कार्यालयललाई दिने र त्यहाँ रहेको सामाजिक विकास डिभिजन कार्यालय शिक्षा तालिक केन्द्रको पूर्वाधारमा सार्ने प्रदेश सरकारको निर्णय पछि मुख्यमन्त्री चौधरीले त्यस क्षेत्रको अनुगमन तथा निरीक्षणमा निस्कनु भएको हो । शिक्षा तालिम केन्द्र, सामाजिक विकास डिभिजन रहेको कार्यालय क्षेत्रको निरीक्षण र अनुगमन गर्दै मुख्यमन्त्री चौधरी कार्यालय व्यवस्थापनको काममा जुटन सरकारी निकाय र पूर्णरुपमा सहयोग गर्न स्थानीयहरुलाई निर्देशन दिनु भएको हो । आबश्यकता अनुसार कार्यालयहरु स्थानान्तरण तथा व्यवस्थापन गरिएको भन्दै उहाँले त्यसलाई तत्काल कार्यान्वयनको चरणमा लैजान निर्देशन दिनु भएको छ । निर्णय भइसकेको छ, उहाँले भन्नु भयो, अव जति सक्यो छिटो कार्यालय व्यवस्थापन गर्नुहोस । स्थानीय सरोकारवालाहरुको सहभागितामा गरिएको निरीक्षण र अनुगमनमा पूर्वाधारहरुमा केहि मर्मत सम्भारको आबश्यकता देखिएकोले त्यसको समेत व्यवस्थापन गरेर समयमै कार्यालय स्थानान्तरण हुनु पर्ने बताउनु भयो ।
स्थानीयहरुले सरकारले सहि निर्णय गरेको भन्दै, सरकारको निर्णयमा पूर्णरुपमा सहयोग र सहकार्य गर्ने बताएका थिए । मुख्यमन्त्री चौधरीले तुलसीपुरमा रहेका अन्य केहि सरकारी संरचनाको समेत निरीक्षण र अनुगमन गर्नु भएको थियो । उहाँले प्रयोगमा नआएका तथा कम प्रयोग भएका सरकारी संरचनाको व्यवस्थापन र सदुपयोग सरकारले गर्ने बताउनु भएको छ ।

