सागर रिजाल, प्यूठान । ऐरावती गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक नीति तथा कार्यक्रम आइतबार सार्वजनिक गरेको छ । १५ औँ गाउँ सभाबाट अध्यक्ष नबिल बिक्रम शाहले बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन । अध्यक्ष शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पालिकाकाभित्रका२ जनालाई निःशुल्क एमबिबिएस पढाउने, घरमै पुगेर सुत्केरी तथा नवजात शिशुको जाँच जस्ता कार्यक्रम प्राथमिकता राखेका छन् ।


त्यस्तै पालिकाका पर्यटकी गन्तब्य स्थललाई बिकास गर्ने,एक घर एक धारा अभियान, सुरक्षित आवास लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समाबेश गरिएको छ ।
ऐरावती गाउँपालिकाको नीति तथा कार्यक्रम हेर्न यहाँ क्लिक गर्नुहोला

