शिव राज खनाल
दाङ २
मानव र वृक्ष बीचको सम्बन्ध सदियौ कालदेखि नै प्रगाढ छ । वृक्षले मानव र मानवले वृक्षको संरक्षण पनि सदियौ देखि नै गर्दै आएको हो ।
यहि सम्बन्ध लाई टिकाइ राख्न दाङको देउखुरीमा देउखुरी माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यवसायी संघ लमही दाङले पर्यटकीय क्षेत्र कुलपानिमा बृक्षाराेपण तथा डस्टबिन बितरण कार्यक्रम सम्पन्न गरेकाे छ । संघले बन क्षेत्र लाई हराभरा बनाउने उदेश्यले दाङकाे गढवा गाउँपालिका वडा नं १ मा रहेकाे कुलपानि पर्यटकिय क्षेत्रमा बृक्षारोपण गरेको हो ।
“हरित पार्कको फोहोर ब्यबस्थापन र पार्कको साैन्दर्यतामा थप हाेस् , सार्बजनिक क्षेत्रको संरक्षणमा सबैले हातेमालो गर्नुपर्छ भन्ने सन्देश दिन बृक्षाराेपण तथा डस्टबिन बितरण गरिएकाे संघका अध्यक्ष जागेश्वर बसेलले बताए ।
पर्यटकिय नगरी बनाउन हामी व्यवसायिले सक्ने सम्मकाे सहयाेग गर्ने बताउदै अध्यक्ष बसेलले देउखुरिकाे पर्यटकीय क्षेत्रमा माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यबसायी संघ हरेक कुरामा सकारात्मक रही काम गर्दै अाएकाे र गर्ने कुरामा प्रतिबद्ध रहेकाे जानकारी गराए ।
विभिन्न प्रजातिकाे रूख तथा फुलहरू गरि २५ बढि बिरुवा लगाई कुलपानि क्षेत्रकाे प्रबर्द्धन थाेरै टेवा पुर्याएकाे संघका उपाध्यक्ष जितेन्द्र गुप्ताले बताए । ” हामीले एउटा संदेश पनि दिएका छौ , सबैले यसै गरि हाम्रा क्षेत्रका प्रयटकिय क्षेत्रमा टेवा पुर्याउन हातेमालो गर्ने हो भने हराभरा संगै प्रचारप्रसारमा महत्त्वपूर्ण भुमिका निर्बाह हुन्छ ” – गुप्ताले भने ।
यस सस्था विभिन्न सामाजिक कार्यमा सकृय हुँदै आएको छ । बृद्धा अाश्रममा सहयाेग, रक्तदान कार्यक्रम , तत्काल रगत आबस्यक पर्नेका लागि रक्तदान मोबाइल टोलि , विपन्न परिवारमा सहयाेग समेत गर्दै अाएकाे संघका महासचिब राजेश कुमार गुप्ताले बताए ।
“माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यवसायि गर्ने साथिहरू एक जुट हाैं, ब्यवसायसकाे निम्ति तथा समाजसेवामा सबै जुटन आबस्यक छ” – महासचिव गुप्ताले भने ।

दाङ, गढवा गाउँपालिका–१ स्थित कुलपानी हरित पार्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको केन्द्र बन्दै गएको छ । गर्मीका कारण जनजीवन प्रभावित भइरहेका बेला कुलपानी हरित पार्कमा घुम्न र वनभोजका लागि आउनेको भीड लाग्ने गरेको छ । पार्क बाह्र हेक्टर क्षेत्रमा फैलिएको धार्मिक एवं सिमसार क्षेत्रका रूपमा बिस्तार भइरहेको छ ।

